PRABHU BANK

प्रभु बैंकको वित्तीय साक्षरता कार्यक्रम संखुवासभामा सम्पन्न

 Prabhu bank ltd
  • बैंकिङ संसार
काठमाडौं । प्रभु बैंक र नेपाल आर्थिक पत्रकार समाज ‘सेजन’ को संयुक्त आयोजनामा एक दिने वित्तीय साक्षरता सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम संखुवासभाको विकट क्षेत्र चिचिला गाउँपालिकामा भएको हो ।
चिचिला गाउँपालिकाका स्थानीयबासीहरुलाई बैंकिङ्ग कारोबार सम्बन्धमा आधारभूत ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजित वित्तीय साक्षरता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा चिचिला गाउँपालिकाका स्थानीय प्रतिनिधी, समाजसेवी, कृषक, व्यापारी, बुद्धिजिवी, नागरिक समाज लगायतका व्यक्तिहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।
एक दिने वित्तीय साक्षरता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले वित्तीय व्यवस्थापन, यसको सही सदुपयोग कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा आफ्ना भनाईहरु राख्दै स–सानो रकम बचत गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी गरी आयआर्जनको श्रोत बढाउन सकिने बारेमा बताएका थिए ।
कार्यक्रममा प्रमुख अतिथी चिचिला गाउँपालिकाका अध्यक्ष पाशाङ्गनुर्वु शेर्पाले दुर्गम क्षेत्र चिचिलाका जनप्रतिनिधी र स्थानीयको आर्थिक अवस्थाका बारेमा जानकारी गराउँदै पिछडिएको यस क्षेत्रमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेकोमा आयोजक प्रभु बैंक र सेजनलाई विशेष धन्यबाद दिए ।
कार्यक्रममा सेजनका अध्यक्ष भीम गौतम, बरिष्ठ पत्रकार दिपेन्द्र बान्तवा एवं प्रभु बैंक खाँदबारी शाखा कार्यलयका शाखा प्रमुख सुमन बस्नेत लगायतले वित्तीय व्यवस्थापनबारे भनाई राखेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै