PRABHU BANK

माछापुच्छ्रे बैंकका सिईओ सुमन शर्माद्वारा राजिनामा, सन्तोष कोइरालाले पाए कामु सीइओको जिम्मा…!

 machhapuchhre bank

  • बैंकिङ संसार 

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले पदबाट राजीनामा दिएका छन् । शर्माले फागुन ३० देखि लागू हुने गरी राजीनामा दिएका हुन् । शर्माको राजीनामा बैंक सञ्चालक समितिले गत शुक्रबार नै स्वीकृत गरेको जनाएको छ । बैंकले कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सन्तोष कोइरालालाई दिएको छ।

सन् २००० मा बैंक अफ काठमाण्डूबाट बैकिङ करिअर शुरु गरेका कोइरालाईसँग बैंक अफ काठमाण्डू, सानिमा र माछापुच्छ्रे बैंकमा करिब २० वर्ष काम गरेको अनुभव छ । साथै त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका कोइरालासँग बैंक सञ्चालन, व्यवसाय विस्तार, जोखिम न्यूनिकरण, सञ्चार, विश्लेषण र नेतृत्व विकासका क्षेत्रमा राम्रो ज्ञान भएको बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै