- बैंकिङ संसार
काठमाडौं । ज्ञानेश्वरमा रहेको महेन्द्र भवन माध्यामिक आवासीय विद्यालयलाई सिटिजन्स बैंकले ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । संस्थागत सामाजिक उतर दायित्वअन्तर्गत बैंकले शौचालय निर्माणकोे लागि बैंकमा आयोजित एक कार्यक्रमका बीच उक्त रकम हस्तान्तरण गरेको हो ।
ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि बैंकले उपलब्ध गराउँदै आएको छ ।
बैंकले आफ्ना ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
यस सिटिजन्स बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपाल भित्रको कुनै पनि पीओएस मेशिन मार्फत सामान वा सुविधा खरिद गर्दा २०५ सम्म क्यास ब्याक (नगदफिर्ता) हुने योजना सञ्चालनमा रहेको छ ।