PRABHU BANK

राष्ट्रिय वाणिज्य बैंकको २९औं एक्सटेन्सन काउन्टर सिन्धुली जिल्ला प्रशासन कार्यालयमा

 rastrya-Badijya Bank

बैंकिङ संसार
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले सिन्धुलीको कमलामाई नगरपालिकास्थित जिल्ला प्रशासन कार्यालयमा २९औं एक्सटेन्सन काउन्टर तथा राजश्व सङ्कलन केन्द्रको उद्घाटन गरेको छ । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले गरेका हुन् ।

शाखा कार्यालय सिन्धुलीमार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट विभिन्न सरकारी कार्यालयबाट लिईने राजश्व, धरौटी, सेवा शुल्क, दस्तुर, कर्मचारी संचय कोष, नागरिक लगानी कोष लगायतको रकम जम्मा गर्न सकिने छ ।

सो अवसरमा शाखा कार्यालय सिन्धुलीका शाखा प्रवन्धक खिलराज भट्टराई, सहायक शाखा प्रबन्धक बिनोद ओझा, जिल्ला प्रशासन कार्यालय सिन्धुलीका कर्मचारीहरुको लगायतको उपस्थिति रहेको थियो ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २३९ वटा शाखा कार्यालय, २९ वटा एक्सटेन्सन काउन्टर, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै