Sindhu Bikas Bank

Action Year
2081
Action Reason
बैंकले एकीकृत निर्देशनविपरीत बैंक खरिद (Acquisition) सम्बन्धी प्रक्रिया अघि बढाएको। खरिदका आधारमा करिब रु. २ करोड ५० लाख बराबरको शेयर खरिद गर्ने निर्णय सञ्चालक समितिबाट गरिएको। व्यक्तिगत जमानीमा ऋण प्रवाह गरिनुका साथै सूचीकृत कर्जाको सामान्य ब्याज मात्र असुल गर्ने निर्णय गरिएको। यस्ता निर्णयहरू संस्थाको हित, निक्षेपकर्ता, लगानीकर्ता तथा सर्वसाधारणको हितविपरीत भएको राष्ट्र बैंकको निष्कर्ष। अध्यक्षको हैसियतले कार्यकारी भूमिका निर्वाह गर्ने प्रयास गरेको तथा निर्देशनविपरीत निर्णय गरिएको उल्लेख। बैंकले न्यूनतम पुँजीकोष अनुपात (Capital Adequacy Ratio) ११.२० प्रतिशतभन्दा कम कायम गरेको पनि भेटिएको,
Action/Penalty Details
सञ्चालक समितिका अध्यक्ष र सञ्चालक समितिलाई सचेत गराइएको। साथै, एकीकृत निर्देशन उल्लङ्घन गरेको विषयमा सुधारात्मक कारबाही गर्न निर्देशन दिइएको।