PRABHU BANK

मुक्तिनाथ बैंकको सामाजिक कार्य : तुल्सीपुर उपमहानगरको फुड बैंकमा खाद्यान्न सहयोग

  • बैंकिङ संसार
काठमाडौं । मुक्तिनाथ विकास बैंकको तुल्सीपुर शाखा कार्यालयले तुल्सीपुर उपमहानगरपालिकाको फुड बैंकमा खाद्यान्न सहयोग गरेको छ । उक्त खाद्यान्न सामाग्री बैंकको तुल्सीपुर शाखाका शाखा प्रमुख सरोज कुमार लामिछानेले नगर प्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गरेका हुन् ।
नेपाल सरकारले लागु गरेको देशब्यापी बन्दाबन्दीको कारणबाट प्रभावित विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्नेहरुलाई मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत देशको विभिन्न स्थानहरुमा राहत सामाग्री वितरण गर्दै आइरहेको छ ।
बैंकले आगामी लकडाउनको समयमा पनि विपन्न परिवारलाई सम्भव भएसम्मको सहयोग गर्ने बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै