PRABHU BANK

एभरेष्ट बैंकको सामाजिक कार्य : सुदुरपश्चिम प्रदेशको कोरोना उपचार कोषमा ६ लाख आर्थिक सहयोग

  • बैंकिङ संसार
काठमाडौं । कोरोना रोकथाम, नियन्त्रणका लागि सुदूर पश्चिम प्रदेश सरकारले स्थापना गरेको कोषमा एभरेष्ट बैंकले ६ लाख रुपैया सहयोग गरेको छ । एभरेष्ट बैंक लिमिटेड सुदूर पश्चिम प्रदेश प्रमुख सतिष प्रताप सिंहले आज दिउँसो मुख्यमन्त्री त्रिलोचन भट्टलाई ६ लाख रुपैयाको चेक हस्तान्तरण गरे ।
मुख्यमन्त्री भट्टले प्रदेश सरकारलाई कोरोना, रोकथाम तथा नियन्त्रणका लागि एभरेष्ट बैंकबाट सहयोग प्राप्त भएकोमा धन्यवाद दिए । बैंकका सुदूर पश्चिम प्रदेश प्रमुख सिंहले सामाजिक उत्तरदायीत्व बहन गर्दै बैंकका तर्फबाट बिपत्तिमा सुदूर पश्चिम प्रदेश सरकारलाई सहयोग गरेको बताए ।
एभरेष्ट बैंक केन्द्रीय कार्यालयले देशका सात वटा प्रदेश सरकारलाई छरछ लाख गरी ४२ लाख रुपैया र संघीय सरकारलाई ६० लाख समेत गरी एक करोड दुई लाख रुपैया कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि सरकारले स्थापना गरेको कोषमा सहयोग गरेको सिंहले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै