PRABHU BANK

परामर्श नै नगरी ब्याज छुट दिने निर्णय गरेको भन्दै परिसंघको निर्णयप्रति बैंकर्स संघको बिरोध

  • बैंकिङ संसार
काठमाडौं । बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरुको संगठनले ब्याज छुट र दर घटाउने निर्णय गरेपछि बिहीबार बिहान बसेको बैंकर्स संघको बैठकले राष्ट्र बैंकले भनेको मात्र मान्ने सहमति गरेको छ । कार्यसमितिमा रहेका सदस्यहरुबीच अनलाइनबाट भएको बैठकमा राष्ट्र बैंकले बनाएको समितिले प्रतिवेदन दिएपछि आउने निर्देशनका आधारमा बैंकहरुले काम गर्ने सहमति बनेको हो ।
संचालक र अध्यक्षहरुले केही समयअघि सरकार र बैंकरबीच पुलको काम गर्ने भन्दै खोलेको बैंक तथा वित्तीय संस्था परिसंघले गत मंगलबार ब्याज दरमा छुटका साथै दर घटाउने निर्णय गरेको थियो । साथै लगानीको स्रोत नखोज्न पनि सरकारसँग माग गरेको थियो । परिसंघको अध्यक्षमा पवनकुमार गोल्याण छन् । 
यता बैंकर्स संघसँग परामर्श नै नगरी ब्याज छुट दिने निर्णय गरेको भन्दै परिसंघसँग प्रमुख कार्यकारी अधिकृतहरुले असहमति राखिरहेका छन् । बिहीबार(आज) औपचारिक रुपमै संघले परिसंघको निर्णयमाथि प्रश्न उठाएको हो । बैंकर्स संघले राष्ट्र बैंकले जे भन्छ त्यही आधारमा बैंकहरुले काम गर्ने निर्णय भएको संघका अध्यक्ष भुवन दाहालले बताए । परिसंघले निर्णय नगरेको भए उपयुक्त हुन्थ्यो भन्ने निष्कर्ष बैंकर्स संघ छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै