PRABHU BANK

सानिमा बैंकद्धारा कोरोना उपचार कोषमा १ करोड ६८ लाख रुपैयाँ सहयोग

sanima bank
  • बैंकिङ संसार 
काठमाडौं । सानिमा बैंकले नेपाल सरकारले कोरोना उपचार कोषमा १ करोड ६८ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ । बैंकले उपलब्ध गराएको सहयोग अन्तर्गत बैंकका कर्मचारीहरुको तर्फबाट ३३ लाख प्रदान गरिएको छ । केन्द्रीय सरकार अन्तर्गत कोरोना भाइरस संक्रमण, रोकथाम तथा उपचार कोषमा ९८ लाख र प्रत्येक प्रदेश सरकारलाई १० लाखका दरले ७० लाख सहयोग रकम उपलब्ध गराइएको हो ।
बैंकका हरेक प्रादेशिक कार्यालयका प्रतिनिधिहरु मार्फत् आ–आफ्ना प्रदेश सरकारलाई सो सहयोग रकम हस्तान्तरण तथा केन्द्र सरकारको कोरोना भाइरस संक्रमण, रोकथाम तथा उपचार कोषमा रकम जम्मा गरेको हो । यसबाट कोरोना भाइरसको संक्रमण रोकथाम तथा उपचारका लागि सरकारलाई मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै