PRABHU BANK

कोरोनासँग जुध्न एभरेष्ट बैंकद्वारा प्रदेश २ लाई ६ लाख रुपैयाँ सहयोग

Everest bank

  • बैंकिङ्ग संसार 
जनकपुर – एभरेष्ट बैंक लिमिटेडले कोरोना भाइरससँग जुध्न प्रदेश २ लाई ६ लाख सहयोग गरेको छ । बैंकले कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि प्रदेश नं २ को सरकारले स्थापना गरेको राहत कोषमा ६ लाख प्रदान गरेको हो । 
मुख्यमन्त्री लालबाबु राउतलाई बैंकका जनकपुरस्थित प्रतिनिधिहरुले आज सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । राहतकोषमा प्राप्त रकम कोरोना रोग नियन्त्रणमा खर्च गरिनेछ । उक्त कोषमा विभिन्न संघसंस्थाहरुले सहयोग गर्ने क्रम जारी नै छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै