PRABHU BANK

एभरेष्ट बैंकको नाफामा वृद्धि, प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ३ पैसा

 Everest Bank
  • बैंकिङ संसार

काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा २ अर्ब ३५ करोड रुपैयाँ नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको तुलनामा १४ करोड रुपैयाँ बढी हो । बैंकले गत आवको सोही अवधिमा २ अर्ब २१ करोड रुपैयाँ नाफा गरेको थियो ।

बैंकले प्रकाशित गरेको तेश्रो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीको खुद ब्याज आम्दानी ४ अर्ब ३४ करोड रुपैयाँ रहेको छ । त्यस्तै, सञ्चालन मुनाफा बढेर ३ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । ८ अर्ब ५१ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ७ अर्ब ८१ करोड रुपैयाँ रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै