एनआईसी एशिया बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। एनआईसी एशिया बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले ४५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

उक्त सेयर यसअघि पनि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखिएको थियो।

तर, तोकिएको समयाअवधिमा विद्यमान संस्थापकबाट कुनै पनि आवेदन नपरेपछि बैंकले सर्वसाधारणका लागि बिक्री खुला गरेको हो। सेयर खरीद गर्न इच्छुक सर्वसाधारणले आगामी ७ दिनभित्र आवेदन दिन सक्नेछन् ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै