- बैंकिङ संसार
 
काठमाडौँ । एभरेष्ट बैंकले ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राख्दै चाडपर्व विशेष कर्जा योजना ल्याएको छ । यस योजना अन्तर्गत सबै क्षेत्रलाई समेट्दै  घर भाडाँको लागि घर कर्जा, स्वरोजगार तथा उद्यमीको लागि  साना तथा मझौला कर्जा, सवारी साधनका लागि गाडि तथा मोटरसाइकल कर्जा र व्यक्तिको लागि व्यक्तिगत कर्जाको योजना ल्याएको हो । 
यस कर्जा साउन १५ देखि कार्तिक १४ सम्म लागु हुनेछ ।  उक्त कर्जा योजनामा घर कर्जा ८.२५ प्रतिशत, साना तथा मझौला उद्योग कर्जा ८.२५ प्रतिशत, गाडी कर्जा ९.५५ प्रतिशत, मोटरसाइकल कर्जा १०.५५ प्रतिशत र व्यक्तिगत कर्जा ९.५५ प्रतिशत ब्याजदरमा उपलब्ध  गराउने बैंकले जनाएको छ । 
यस चाडपर्व विशेष कर्जा योजनामा प्रशासनिक शुल्क ०.५० प्रतिशत मात्र हुने  भएको छ । यसका साथै अन्य बैंक तथा वित्तीय संस्थाबाट लोन स्वेप गर्दा सेवा शुल्कमा अतिरिक्त छुट पनि हुने छ । 
यी  योजनामा सहभागी हुने ग्राहकहरुलाई  क्रेडिट कार्ड लिदाँ ५० प्रतिशत छुट हुनेछ । उक्त कर्जा योजनाबाट ग्राहकहरुलाई भरपुर फाइदा पुग्ने र आउँदै गरेको चाडपर्वहरुमा थप खुशीयाली थपिने छ भन्ने विश्वास बैंकको रहेको छ ।

								
								
								
								
								
								
			
