PRABHU BANK

सिटिजन्स बैंकको नयाँ शाखा गमगढीमा सञ्चालन, सर्वसाधरणलाई वित्तीय सेवा प्रदान गर्ने लक्ष्य

 Citizens Bank
  • बैंकिङ संसार
काठमाडौं । सिटिजन्स बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले ११०औं शाखा मुगुको गमगढीमा सञ्चालनमा ल्याएको हो । बैंकले देशभर माहामारीको रुपमा फैलिएको कोरोनालाई ध्यानमा राख्दै मुगु  बासीहरुलाई लक्षित  गरी अत्यावश्यक वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले उक्त शाखा सञ्चालन गरेको हो । 
गमगढी  बासीहरुले उक्त शाखामार्फत वित्तीय आवश्यकता पुरा गर्न रिटेल बैंकिङ सेवा प्रदान गर्न सक्नेछन् । त्यस्तै, साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य पनि बैंकले राखेको जनाएको छ । 
नेपालभर बैंकले १ सय १० वटा शाखा, १ सय ४ वटा शाखारहित बैंकिङ एकाई र ९८ वटा एटिएममार्फत आफ्ना ग्राहकमहानुभावहरुलाई अत्याधिक मात्रमा बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै