PRABHU BANK

नबिल बैंकको नायब महाप्रबन्धकमा मनोज ज्ञवाली नियुक्त, बैंकिङ क्षेत्रमा लामो समय काम गरेको अनुभव

 Nabil Bank
  • बैंकिङ संसार
काठमाडौं । नबिल बैंकको नायब महाप्रबन्धकमा मनोज ज्ञवाली नियुक्त भएका छन् । बुधबार (साउन २१) देखि कार्यभार सम्हाल्ने गरी उनी नियुक्त भएका हुन् । यस भन्दा अगाडि ज्ञवाली ज्योति विकास बैकको प्रमुख कार्यकारी अधिकृत (सिइओ ) पदमा काम गरिरहेका थिए । उनले बैशाख ११ गते आफ्नो कार्यकाल नसक्दै ज्योति विकास बैंकको सीईओ पदबाट राजिनामा दिएका हुन् । 
नबिल बैंकको डेपुटी जनरल म्यानेजर पदमा नियुक्त भएका ज्ञवालीले ५ वर्ष अधिकृतस्तरमा नेपाल राष्ट्र बैंकमा विभिन्न विभाग अन्तर्गत कार्य गरेका छन् । यसका साथै उनले ८ वर्ष वाणिज्य बैंकमा विभिन्न विभागको प्रमुखको रुपमा रही व्यवस्थापन समुहमा कार्य पनि गरेका छन् । 
वरिष्ठ चार्टर्ड एकाउन्टेन्टसमेत भई काम गरेका ज्ञवालीले मर्चेन्ट बैंकिङ्ग कम्पनीमा निर्देशक तथा प्रवन्ध निर्देशक रही २ वर्षको कार्य अनुभव संगालेका छन् । त्यस्तै, जलविद्युत क्षेत्रमा १ वर्ष कार्य गरेको बैंकर ज्ञवालीले विकास बैंकमा २ वर्षसम्म नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै