PRABHU BANK

मेगा बैंकका अर्का कर्मचारीमा पनि देखियो कोरोना

 Mega Bank
  • बैंकिङ संसार 
काठमाडौं । पछिल्लो समय विभिन्न बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । सोही क्रममा मेगा बैंकमा कार्यरत १ जना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको कपिलवस्तुको शाखामा कार्यरत कर्मचारीमा कोरोना देखिएको हो । यसअघि पनि बैंकको धादिङ शाखामा कार्यरत कर्मचारीमा कोरोना पुष्टी भएको थियो । यस्तै, कपलिवस्तुमै रहेका ग्लोबल आइएमइ बैंकका ३ कर्मचारी र कृषि विकास बैंकका १ कर्मचारीमा पनि कोरोना संक्रमण भएको छ । 
यसअघि अछामको सेन्चुरी कमर्सियल बैंक, सिमराको प्रभु बैंक, रुपन्देहरुको गरिमा विकास बैंक, इटहरीको नबिल बैंक, विरगञ्जको नेपाल बंगलादेश बैंक, गुल्मीको कृषि विकास बैंक र कपिलवस्तुको राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुलाई कोरोना संक्रमण भएको थियो । यो तथ्यांकलाई हेर्दा बैंकहरुमा कोरोना संक्रमण जोखिम उच्च रहेको देखिन्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै