PRABHU BANK

सिभिल बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी

 Civil Bank
  • बैंकिङ संसार
हेटौंडा । सिभिल बैंकको हेटौंडा शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । उक्त शाखामा कार्यरत १  जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएसँगै उक्त शाखा बन्द गरिएको छ ।
संक्रमितलाई छुट्टै आईसोलेसनमा राखिएको छ भने बाँकी सबै कर्मचारीहरुको लागि पनि आइसोलेसनको व्यवस्था गरिएको छ । त्यस्तै, बिरामीको सम्पर्कमा आएका कर्मचारीहरुको कन्ट्याक ट्रेसिङ भईरहेको सम्बन्धित प्रशासनले जनाएको छ । 
कर्मचारीहरुको नमुना संकलन परीक्षण गर्दा २३ जनामध्ये १ जना बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको वडा प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यस अघिको समाचारमा एक जना कर्मचारी हुनुपर्नेमा अन्यथा भएकोमा सच्याईएको छ- सम्पादक  

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै