PRABHU BANK

राष्ट्रिय वाणिज्य बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुम्लिङटारमा, सर्वसाधरणहरुलाई सेवामा सहज हुने

 Rastriya Banijya Bank
  • बैंकिङ संसार 
सङ्खुवासभा । राष्ट्रिय वाणिज्य बैंकले तुम्लिङटारमा नयाँ एक्सटेन्सन काउन्टर सेवा सञ्चालन गरेको छ । बैंकले एक्सटेन्सन काउन्टर सेवा सङ्खुवासाभाको खाँदबारी नगरपालिका–९ स्थित रहेको तुम्लिङटारमा सञ्चालन गरेको हो । 
तुम्लिङटारका स्थानीयवासीले सेवा लिनेगरी साउन २२ देखि उक्त सेवा सञ्चालन गरिएको खाँदबारी शाखाका प्रबन्धक अनिष रायमाझीले जानकारी दिए । 
वाणिज्य बैंकमा कारोबार गर्न सदरमुकाम नै जानुपर्ने र धेरै कष्ट हुने भएकोले त्यहाँका स्थानीयवासीहरुले आफ्ना गुनासो पोखेका थिए । त्यसपछि बैंकले उक्त ठाउँमा एक्सटेन्सन काउन्टर सेवा सञ्चालन गरेको हो । त्यहाँका स्थानियवासीहरुले उक्त काउन्टरबाट नगद जम्मा, भुक्तानी, पेन्सन, सामाजिक सुरक्षा भत्ता, तलबलगायतको सेवा प्राप्त गर्न सक्नेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै