PRABHU BANK

कुमारी बैंकले गर्‍यो सेयरधनीहरुलाई बोनस शेयरको कर जम्मा गर्न आग्रह

 Kumari Bank
  • बैंकिङ संसार
काठमाडौं । कुमारी बैंकले सेयरधनीहरुलाई बोनस सेयर वापतको कर जम्मा गर्न आग्रह गरेको छ । बैंकले प्राप्ति गरेको साविकको देव विकास बैंकको सेयरहरु २०७६ असार ३० गते पछि खरीद गरेका सेयरधनीहरुलाई बोनस वापतको कर जम्मा गर्न आग्रह गरेको हो । 
बैंकले ८.५५ प्रतिशत बोनस सेयर वापतको कर जम्मा गर्नुपर्ने सूचनामार्फत जानकारी दिएको छ । कुमारी बैंकको उक्त बोनस सेयर धितोपत्र दोस्रो बजारमा कारोबार गर्न योग्य भईसकेको छ । 
बोनस सेयर वापतको कर रकम शाखा कार्यालयहरुमा सम्पर्क राखेर रकम जम्मा गर्नुपर्ने बैंकले जनाएको छ । साथै, यस खाता नम्बर १२९१५०२००१०२० मा रकम जम्मा गर्न पनि कम्पनीले भनेको छ । बैंकको सेयर रजिष्ट्रारमा भने कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै