PRABHU BANK

ग्लोबल आइएमई बैंकको थप १ नयाँ शाखा कपनमा, सबै क्षेत्रमा बैंकिङ सेवा पुर्‍याउने उद्देश्य

 Global IME Bank
  • बैंकिङ संसार
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले थप १ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखा काठमाडौंको कपनमा सञ्चालनमा ल्याएको हो । बैंकको हालसम्म उक्त शाखासहित शाखा कार्यालयहरुको संख्या २ सय ५९ पुगेको छ । आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा दिदै आएको यस बैंकको २० लाख भन्दा बढी सेवाग्राहरुहरु छन् । 
बैंकले नेपालभर ७१ वटा जिल्लामा फैलिएको २ सय ५९ वटा शाखा सञ्जाल, २ सय १८ वटा शाखा रहित बैंकिङ्ग सेवा, २ सय ३५ वटा एटिएम र ४० वटा एक्सटेन्सन काउण्टरमार्फत आफ्ना ग्राहकमहानुभावहरुलाई सेवा प्रदान गर्दै आएको छ । साथै, ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत सेवा पनि प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै