PRABHU BANK

कामना सेवा विकास बैंकले गर्‍यो नेपाल चार्टड संघसँग सम्झौता, एक्यानका सदस्यले विना धितो कर्जा पाउने

 Kamana Sewa Bikas Bank
  • बैकिङ संसार
काठमाडौं । कामना सेवा विकास बैंकले नेपाल चार्टड एकाउन्टेन्ट संघ (एक्यान) सँग सम्झौता गरेको छ । बैंकले चार्टड एकाउन्टेन्ट संघसँग आवद्ध सदस्यहरुलाई बिना धितामा प्रोफेशनल कर्जा दिने सम्बन्धी उक्त सम्झौता भएको हो । उक्त सम्झौता पछि चार्टड एकाउन्टेन्ट संघका सदस्यहरुले बैंकको जुनसुकै शाखाबाट पनि एकैदिनमा बिना धितोमा १५ लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्नेछन् । 
त्यस्तै, नेपाल चार्टड एकाउन्टेन्ट संघसँग आवद्ध सदस्यका जिवनसाथीले सञ्चालन गरेको व्यापार व्यवासयमा पनि सहुलियतपूर्ण कर्जा प्रदान गर्ने सम्झौता भएको छ । कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रविण बस्नेत र नेपाल चार्टड एकाउन्टेन्ट संघका तर्फबाट अध्यक्ष आनन्दराज शर्मा वाग्लेले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै