PRABHU BANK

ग्लोबल आइएमइ बैंकको खुद नाफा ११.८ प्रतिशतले बढ्यो, लाभांश क्षमता कति ?

 Global IME Bank
  • बैंकिङ संसार 
काठमाडौं । ग्लोबल आइएमइ बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले चौथो त्रैमाससम्ममा ३ अर्ब ८ करोड रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण प्रकाशित गरेको हो । बैंकको अघिल्लो वर्ष भन्दा यस वर्ष ११.८ प्रतिशतले खुद नाफा बढेको छ ।
अघिल्लो वर्ष २ अर्ब ७६ करोड रुपैयाँ खुद नाफा गरेको बैंकले यस वर्ष ३ अर्ब ८ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले असार मसान्तसम्म आईपुग्दा २ खर्ब १२ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन र १ खर्ब ८९ अर्ब ३८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । 
बैंकको खुद ब्याज आम्दानी ८ अर्ब १९ करोड रुपैयाँ रहेको छ भने जगेडा कोष ८ अर्ब ४१ करोड रुपैयाँ रहेको छ । बैंकको अघिल्लो वर्ष भन्दा यस वर्ष खुद ब्याज आम्दानी २ अर्ब ९५ करोड रुपैयाँले बढेको छ ।
चुक्ता पुँजी १८ अर्ब ९७ करोड रुपैयाँ रहेको बैंकको एनपीएल १.८० प्रतिशत, कष्ट अफ फण्ड ६.२१ प्रतिशत, सीसीडी रेसियो ७३.१८ प्रतिशत, बेस रेट ८.४२ प्रतिशत र स्प्रेडदर ४.४३ प्रतिशत रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै