PRABHU BANK

ग्लोबल आइएमइ बैंकमा कार्यरत थप १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी

 Global IME Bank
  • बैंकिङ संसार
काठमाडौँ । ग्लोबल आइएमइ बैंकका कान्तिपथ शाखामा कार्यरत १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकमा कार्यरत महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । स्वास्थ्य अवस्था ठिक नहुँदा पनि उनी कार्यलय आउने गरेकी थिईन् । सोही क्रममा उनलाई कोरोना संक्रमण भएको हो । 
उनको हाल आईसोलेसनमा उपचार भईरहेको छ । त्यस्तै, बैंकमा कार्यरत बाँकी सबै कर्मचारीहरुलाई पनि क्वारेन्टाइनमा राखिएको छ भने संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ भईरहेको छ । उनलाई कोरोना संक्रमण पुष्टी भएसँगै उक्त बैंक शाखा पनि बन्द गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै