PRABHU BANK

ग्लोबल आइएमई बैंकद्धारा सबै कर्मचारीको कोरोना बीमा

 Global IME Bank
  • बैंकिङ संसार 
काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना सबै कर्मचारीहरुको कोरोना बिमा गराएको छ । बैंकले कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै आफ्ना सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा गराएको हो । बैंकले आफ्ना हरेक कर्मचारीको १ लाख रुपैयाँ बराबरको बीमा गराएको छ । 
कम्पनीले यस कठिन परिस्थितिमा पनि आफ्ना ग्राहकहरुलाई सेवा दिनका लागी खटीरहेका कर्मचारीहरुको सुरक्षालाई प्राथमिकता दिदै उक्त बिमा गराएको हो । कोरोना बीमाबाट बैंकमा कार्यरत कर्मचारीहरुको मनोबल बढ्नुका साथै कर्मचारीहरुलाई आर्थिक राहत समेत मिल्ने बैंकले विश्वास लिएको छ । 
बैंकले आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई मास्क, सेनिटाइजर, पन्जा, फेस सिल्ड लगाएतका अत्यावश्यक सामग्रीहरुको अभाव हुन नदिई सुरक्षित रुपमा सेवा प्रदान गर्न अभिप्रेरित गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै