PRABHU BANK

ग्लोबल आइएमई बैंकका नवनियुक्त सीईओले भोलिदेखि कार्यभार सम्हाल्ने

 Global IME Bank
  • बैंकिङ संसार
काठमाडौं । ग्लोबल आइएमई बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले भोलिदेखि कार्यभार सम्हाल्ने भएका छन् । साउन ३० गते बैंकको सीईओ पदमा नियुक्त भएका बज्राचार्यले भोलिदेखि आफ्नो कार्यभार सम्हाल्ने भएका हुन् । 
बैंकिङ्ग क्षेत्रमा ४ दशक भन्दा बढी समय बिताएका बज्राचार्यले यसअघि पनि ग्लोबल आइएमई बैंकमा सीईओको रुपमा कार्य गरिसकेका छन् । त्यस्तै, एनसीसी बैंक र सनराइज बैंकमा पनि सीईओको रुपमा बज्राचार्यले कार्य गरिसकेका छन् । 
बज्राचार्यले आफ्नो बैंकिङ करियर नेपाल राष्ट्र बैंकबाट सुरु गरेका हुन् । वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट समेत रहेको बज्राचार्यसँग बैंक तथा वित्तीय संस्थाहरुको मर्जर तथा मर्जर पछिको व्यवस्थापनमा राम्रो अनुभव रहेको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै