स्रोत नखुलेको आठ लाख बढी रकमसहित सविन पक्राउ

काठमाडौँ। स्रोत नखुलेको आठ लख बढी रकमसहित एक जना पक्राउ परेका छन्। आठ लाख ६१ हजार ५०० रूपैयाँसहित नयाँ सडकबाट एक जना पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार सिन्धुपाल्चोकका सविन तिमल्सिनालाई पक्राउ गरिएको हो।

उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट हुन्डीसम्बन्धी कसुरमा चार दिनको म्याद लिई अनुसन्धान भइरहेको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्