रिलायन्स फाइनान्सका ग्राहकहरूलाई खुशीको खबर

काठमाडौँ। रिलायन्स फाइनान्स र हेल्दी होमबीच सम्झौता भएको छ। फाइनान्स र हेल्दी होमले उपलब्ध गराउने विभिन्न सेवाहरुमो विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो  ।

सम्झौता अनुसार फाइनान्सका ग्राहक तथा कर्मचारीहरुले शरीरको तौल घटाउने, छाला तथा कपालको हेरचाह प्याकेजमा २० प्रतिशत र हेल्दी होमका अन्य प्रोडक्टहरुमा १० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन्।

यी छुटहरु प्राप्त गर्न ग्राहक तथा कर्मचारीहरुले फाइनान्सको मोवाइल बैंकिङ्ग सेवा वा एटिएम कार्डबाट भुक्तानी गर्नुपर्नेछ।

देशभरी २१ वटा शाखा रहेको रिलायन्स फाईनान्सले यसअघि पनि विभिन्न संस्थाहरुसँग सहकार्य गर्दै ग्राहकहरुलाई यसप्रकारका छुट तथा नवीन सुविधा उलब्ध गराउदै आईरहेको छ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै