सबै बैंकका सेवा अनिश्चितकालका लागि बन्द

Bank
  • बैंकिङ संसार
काठमाडौं । काठमाडौं उपत्यकामा विहिबार (भदौ ४) सबै बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय बन्द भएको छ । उपत्यकाका प्रहरीले बैंकका कर्मचारीलाई कार्यालय जादा रोकेपछि सबै बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय बन्द भएको हो । बैंक तथा वित्तीय संस्थाका कर्मचारी जोखिम मोलेर कार्यालय गए पनि प्रहरीले रोकेका कारण बैंकका शाखा खोल्न नसकिएको नेपाल बैंकर्स एसोसिएनले जनाएको छ । 
सरकारले बैंकिङ सेवालाई अत्यावश्यक सेवा अन्तर्गत राखेको छ । यसैकारण नेपाल राष्ट्र बैंक, जिल्ला प्रशासन कार्यालय जस्ता सरोकारवाला निकायसँग समन्वय गरेर बैंकका कर्मचारी जोखिम मोलेर कार्यालय आउँदै गर्दा बाटोमा प्रहरीले रोकेपछि बैंकका शाखा कार्यालय संचालन गर्न नसकेको नेपाल बैंकर्स एसोसिएनका अध्यक्ष भुवन दाहालले जानकारी दिए । 

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्