मौद्रिक नीतिको आन्तरिक तयारीमा जुट्दै राष्ट्र बैंक

काठमाडौँ। नेपाल राष्ट्र बैंक आर्थिक वर्ष २०८३-८४ को मौद्रिक नीतिको आन्तरिक तयारीमा जुटेको छ। सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेसँगै नेपाल राष्ट्र बैंक आर्थिक वर्ष २०८३-८४ को मौद्रिक नीतिको आन्तरिक तयारीमा जुटेको हो ।

राष्ट्र बैंकले मौद्रिक नीतिलाई सन्तुलित र प्रभावकारी बनाउन सरोकारवालाहरूबाट राय तथा सुझाव माग गरेको छ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्थाबमोजिम बैंकले आगामी आर्थिक वर्षको नीति तर्जुमा गर्ने प्रक्रिया अघि बढाएको हो। राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सम्बन्धित सबै क्षेत्र, विज्ञ तथा सर्वसाधारणलाई आफ्नो सुझाव पठाउन अनुरोध गरेको छ।

सुझाव पठाउने अन्तिम मिति असार ५ गतेभित्र तोकिएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्