PRABHU BANK

एनएमबि बैंक र कञ्चन डेभलपमेन्ट बैंकको एकीकृत कारोबार आईतबारदेखि सुरु

 NMB Bank
  • बैंकिङ संसार
काठमाडौं । एनएमबि बैंक र कञ्चन डेभलपमेन्ट बैंकको एकीकृत कारोबार आईतबार (भाद्र ७) देखि सुरु भएको छ । एनएमबि बैंकले सुदूरपश्चिमको कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ती गरी आईतबारदेखि एकीकृत कारोबार सुरु गरेको हो । 
एनएमबि बैंकले र कञ्चन डेभलपमेन्ट बैंकले जेठ २५ मा एक्वायर सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो ।
कञ्चन डेभलपमेण्ट बैंक र एनएमबि बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले गत साउन २५ गते अन्तिम स्वीकृति दिएको थियो र कम्पनी रजिष्ट्रार कार्यालयले साउन २८ गते अन्तिम स्वीकृति दिएको थियो ।
एनएमबिले कञ्चनलाई १०० कित्ता सेयर बराबर ८५ कित्ताको अनुपातमा खरीद गरेको हो । यसका साथै अब कञ्चन डेभलपमेन्ट बैंकका सेयरधनीहरुले १०० कित्ताबराबर एनएमबि बैंकको ८५ कित्ता सेयर पाउनेछन् । कञ्चन एक्वायरपछि एनएमबिको चुक्ता पुँजी १४ अर्ब ४५ करोड भन्दा बढी हुनेछ । एनएमबि बैंकले केही समयअघि ओम डेभलपमेन्ट बैंक गाभेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै