PRABHU BANK

सिद्धार्थ बैंकले गर्यो थ्री सिक्स्टी ट्रान्सपोर्टसँग सम्झौता, यातायातको साधनमा डिजिटल भुक्तानी गर्ने उद्देश्य

 Siddhartha Bank
  • बैंकिङ संसार 
काठमाडौं । सिद्धार्थ बैंकले थ्री सिक्स्ट ट्रान्सपोर्ट सोलुसन्ससँग सम्झौता गरेको छ । बैंकले सार्वजनिक यातायातको साधनमा अन्तर्राष्ट्रिय स्तरको डिजिटल भुक्तानी गर्ने उद्देश्यका साथ उक्त कम्पनीसँग व्यावसायिक सम्झौता गरेको हो । सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबन्धक सुरेश राज महर्जन र थ्री सिक्स्ट ट्रान्सपोर्ट सोलुसन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत खुशल रेग्मीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
अब थ्री सिक्स्ट ट्रान्सपोर्ट सोलुसन्स् अन्तर्गत सञ्चालनमा रहेको यातायातको साधनमा बैंकको पीओएस मेसिन जडान गरिने र यात्रुहरुले स्मार्ट प्रिपेड कार्ड प्रयोग गरि पीओएस मार्फत आफ्नो बस भाडा भुक्तानी गर्न सक्नेछन् । उक्त स्मार्ट प्रिपेड कार्ड सार्वजनिक यातायात तथा बैंकका शाखाहरुबाट खरिद र लोड गर्न सकिनेछ ।
बैंकको यो परियोजना नेपाल राष्ट्र बैंकको निर्देशन अनुरुप डिजिटलाइजेसनको तर्फ क्रेन्द्रित रहेको छ । साथै, यस सेवाबाट नगदरहित कारोबारको उपयोग बढ्ने र यात्रुहरुले बस भाडाका लागि खुद्रा बोक्नुपर्न झन्जट नरहने विश्वास बैंकले लिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै