PRABHU BANK

सप्तकोशी डेभलपमेन्ट बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुन खातामा कति व्याज पाईने ?

 Saptakoshi Development Bank
  • बैंकिङ संसार
काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले आईतबार (भाद्र ७) देखि लागु हुनेगरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । बैंकले १३ प्रकारको खाताको व्याजदर सार्वजनिक गरेको हो । जसमध्ये ११ प्रकारको बचत खातामा ४ प्रतिशत र २ प्रकारको बचत खातामा ४.२५ प्रतिशत व्याज दिने भएको छ । 
बैंकले ४ महिना र ६ महिना अवधिको मुद्दती बचतमा मासिक व्याज ८ प्रतिशत दिने भएको छ भने त्रैमासिक व्याज ८.२५ प्रतिशत दिने भएको छ । त्यस्तै, १ वर्ष, १६ महिना र २ वर्ष अवधिको मुद्दती बचतमा मासिक ८.२५ प्रतिशत व्याज दिने भएको छ भने त्रैमासिक व्याज ८.५० प्रतिशत दिने भएको छ । ५ वर्षभन्दा बढी र अक्षयकोष खातामा भने आपसी सहमतिबाट व्याजदर निर्धारण हुने बैंकले जनाएको छ ।
बैंकले एकमुष्ठ क्रमिक बचत खातामा १ वर्ष अवधिमा ७ प्रतिशत, २ वर्ष अवधिमा ७.५० प्रतिशत, ३ वर्ष अवधिमा ८ प्रतिशत , ४ वर्ष अवधिमा ८.२५ प्रतिशत र ५ वर्ष अवधिमा ८.५० प्रतिशत व्याज उपलब्ध गराउने भएको छ । बैंकले कर्जा लगानीतर्फ भने आधार ब्याजदरमा अधिकतम ६ प्रतिशतसम्म प्रिमियम थप गरी कर्जा उपलब्ध गराउने जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै