एनएमबि बैंकको अग्राधिकार सेयर नेप्सेमा सूचीकृत

काठमाडौँ। एनएमबि बैंकको अग्राधिकार सेयर बिहीबार नेप्सेमा सूचीकृत भएको छ। नेप्सेमा एनएमबि बैंकको ३ अर्ब रुपैयाँबराबरको ‘एनएमबि अविमोच्य अञ्चिति अग्राधिकार सेयर’ सूचीकृत भएको हो।

बैंकको १०० रुपैयाँ अंकित दरका कुल ३ करोड कित्ता अग्राधिकार सेयर सूचीकृत भएको छ। बैंकले यो अग्राधिकारको लाभांश दर ८.२५ प्रतिशत तय गरेको छ। जुन मुनाफा भएको वर्षमात्र वितरण गरिन्छ।

अब एनएमबि बैंकको अग्राधिकार सेयर पनि भोलि बुधबारबाट कारोबारमा आउनेछ भने यो सेयर संस्थागत लगानीकर्ताबीच मात्र किनबेच हुनेछ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै