नेपाल बैंकको ग्राहक तथा ऋणीहरुको लागि अत्यन्त जरुरी सूचना

 Nepal Bank
  • बैंकिङ संसार 
काठमाडौं । नेपाल बैंकले आफ्ना ग्राहक तथा ऋणीहरुको लागि अत्यन्त जरुरी सूचना जारी गरेको छ । बैंकले ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिनको लागि सूचना जारी गरेको हो । बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको ‘नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधी, २०७७’ मा भएको व्यवस्था बमोजिम पुनरकर्जा सुविधा प्राप्त गर्न योग्य ग्राहक तथा ऋणीहरुलाई आवेदन दिन आग्रह गरेको हो । 
बैंकले आफुले कर्जा लिएको शाखा कार्यालयमा गई तोकिएको कागजात सहित आवेदन दिन आग्रह गरेको छ । त्यस्तै, बैंकले भाद्र २५ गतेसम्म आवेदन दिन समेत उक्त सूचनामार्फत जारी गरेको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्