National

एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुलाई ७६ वटा शाखामार्फत सेवा दिदैँ (सूचीसहित)

 Nic Asia Bank
  • बैंकिङ संसार
काठमाडौं । एनआईसी एशिया बैंकले निषेधाज्ञाको अवधिमा पनि आफ्ना देशभर रहेको विभिन्न शाखाहरुमार्फत सेवा दिने भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमणको रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन नेपाल सरकारले लिएको निर्णयलाई पालना गर्दै देशभर रहेका आफ्ना शाखामार्फत आलोपालो प्रणालीबाट सेवा दिने भएको हो । 
बैंकले आफ्ना देशभर रहेको शाखाहरुमध्ये १५ वटा बैंकको शाखा र ६१ वटा विस्तारित काउन्टरमार्फत सेवा दिने भएको छ । बैंकले प्रदेश न.१ मा १ वटा बैंकको शाखा र २ वटा विस्तारित काउन्टरबाट सेवा दिने भएको छ । त्यसैगरी प्रदेश न. २ मा २ वटा विस्तारित काउन्टरबाट सेवा दिने भएको छ भने वाग्मती प्रदेशबाट ६ वटा बैंकको शाखा र ५० वटा विस्तारित काउन्टरबाट सेवा दिने भएको छ । 
त्यस्तै, गण्डकी प्रदेशमा २ वटा बैंकको शाखा र २ वटा विस्तारित काउन्टरमार्फत सेवा दिने भएको छ । यस्तै, प्रदेश न. ५ मा ४ वटा बैंक शाखा र ४ वटा विस्तारित काउन्टरबाट सेवा दिने भएको छ भने कर्णाली प्रदेशमाबाट १ वटा बैंकको शाखामार्फत सेवा दिने भएको छ । त्यस्तै, सुदुरपश्चिम प्रदेशमाबाट १ वटा बैंकको शाखा र १ वटा मार्फत विस्तारित काउन्टरबाट सेवा दिने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै