- बैंकिङ संसार
काठमाडौं । सिभिल बैंक लिमिटेडले निषेधाज्ञाको अवधिमा पनि आफ्ना देशभर रहेको विभिन्न शाखाहरुमार्फत सेवा दिने भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमणको रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन नेपाल सरकारले लिएको निर्णयलाई पालना गर्दै देशभर रहेका आफ्ना केहि बैंकको शाखामार्फत आलोपालो प्रणालीबाट सेवा दिने भएको हो ।
बैंकले आफ्ना देशभर रहेको शाखाहरुमध्ये ८३ वटा बैंकको शाखामार्फत सेवा दिने भएको छ । बैंकले प्रदेश न.१ मा २० वटा बैंकको शाखामार्फत सेवा दिने भएको छ । त्यसैगरी प्रदेश न २ मा ११ वटा बैंकको शाखामार्फत सेवा दिने भएको छ भने वाग्मती प्रदेशबाट १६ वटा बैंकको शाखामार्फत सेवा दिने भएको छ ।
त्यस्तै, गण्डकी प्रदेशमा ११ वटा बैंकको शाखामार्फत सेवा दिने भएको छ । यस्तै, प्रदेश न. ५ मा १४ वटा बैंक शाखाबाट सेवा दिने भएको छ भने कर्णाली प्रदेशबाट ५ वटा बैंकको शाखामार्फत सेवा दिने भएको छ । त्यस्तै, सुदुरपश्चिम प्रदेशमाबाट ६ वटा बैंकको शाखामार्फत सेवा दिने बैंकले जनाएको छ ।
