काठमाडौँ। तीन सरकारी बैंकका अध्यक्षहरूले राजनीमा दिएका छन्। राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका अध्यक्षहरूले अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा राजीनामा बुझाएका हुन्।
कृषि विकास बैंकका ‘एमाले अध्यक्ष’ ले जागिर छाडेका छन्। वाणिज्य बैंकका विवादित अध्यक्षले पनि राजिनामा बुझाएका हुन्।
वाणिज्य बैंकका अध्यक्ष देवकुमार ढकाल, कृषि विकास बैंकका डिमप्रसाद पौडेल र नेपाल बैंकका डिल्लीराज शर्माले महाशाखामा राजीनामा बुझाएका हुन्।
मन्त्रालय स्रोतका अनुसार राजीनामा दिने अध्यक्षहरूले पत्रमा ‘विविध कारण’ उल्लेख गरेका छन्।

