काठमाडौँ। सिद्धार्थ क्यापिटलले निष्काशन तथा बिक्री खुला गरेको सामूहिक लगानी कोष सिद्धार्थ इक्विटी फण्ड २ को इकाई खरिदका लागि आवेदन दिने समय थप भएको छ। सिद्धार्थ इक्विटी फण्ड २ को इकाई खरिदका लागि आवेदन दिने समय थप भएको हो ।
सिद्धार्थ क्यापिटलले बैशाख २१ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सामूहिक लगानी कोष सिद्धार्थ इक्विटी फण्ड २ को इकाई खरिदका लागि अब जेठ ४ गतेसम्म आवेदन दिन सकिने भएको छ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्काशनमा ल्याएको हो। सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो योजना १२ वर्षे बन्दमुखी प्रकृतिको योजना हो। निष्काशन गरिने कुल १० करोड इकाईको न्यूनतम १ करोड ५० लाख इकाई कोष प्रवर्धक कम्पनी सिद्धार्थ बैंक लिमिटेडका लागि सुरक्षित गरी बाँकी रहेको ८५ करोड रुपैयाँ बराबरको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गरेको हो।
उक्त योजनामा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ।
म्युचुअल फण्ड निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था इक्रा रेटिङ्ग नेपालले कोष प्रबर्धकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी प्लस प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई इक्राएनपी एएमसी क्वालिटि ३ प्लस रेटिङ्ग प्रदान गरेको छ।
योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

