सांग्रिला डेभलपमेन्ट बैंकको इटहरी शाखा स्थानान्तरण (सूचनासहित)

काठमाडौँ। सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो इटहरी शाखा स्थानान्तरण गरेको छ। बैंकले सार्वजनिक गरेको सूचनाअनुसार इटहरी शाखा वैशाख २१ गते साविक स्थानबाट २०० मिटर पश्चिम उत्तर स्थित नयाँ स्थान श्री भवन (पशुपति नर्सरी भन्दा पश्चिम) मा स्थानान्तरण गरिएको हो।

बैंकका अनुसार नयाँ स्थानबाट सम्पूर्ण बैंकिङ सेवा पूर्ववत रूपमा सञ्चालन भइरहेको छ। बचत खाता, ऋण सेवा, रकम स्थानान्तरण, एटीएम तथा अन्य डिजिटल सेवाहरू अब नयाँ शाखाबाट उपलब्ध हुनेछन्।

स्थानान्तरणका कारण सेवाग्राहीहरूलाई पर्न सक्ने असुविधाप्रति बैंकले क्षमायाचना गरेको छ। साथै, सम्पूर्ण ग्राहक, सेवाग्राही तथा सरोकारवालाहरूलाई नयाँ शाखाबाट सेवा लिन अनुरोध गरिएको छ।

इटहरी क्षेत्रमा आफ्नो सेवा सुदृढ बनाउन र ग्राहकलाई थप सहज पहुँच प्रदान गर्ने उद्देश्यले शाखा स्थानान्तरण गरिएको बैंकले जनाएको छ। यो हेर्नुहोस्:

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै