एनआईसी एशिया बैंकको साधारण सभा जेठ १८ गते

काठमाडौँ। एनआईसी एशिया बैंक लिमिटेडले वार्षिक साधारण सभा गर्ने भएकोछ। बैंक सञ्चालक समितिको वैशाख २० गते बसेको बैठकले आगामी जेठ १८ गते बिहान ९ बजे काठमाडौंस्थित भद्रकालीमा साधारणसभा गर्ने भएको हो।
बैंकले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न राष्ट्र बैंकबाट पूर्वस्वीकृति पाइसकेको छ। जसअनुसार २ बराबर १ अनुपातमा ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद सेयर जारी गरिने प्रस्ताव साधारणसभामा पेश हुनेछ। साथै, हकप्रद सेयरमार्फत बैंकले ७ अर्ब ४५ करोड ८७ लाख रुपैयाँ बराबर रकम संकलन गर्ने लक्ष्य राखेको छ।
यसअघि पुस २० गते बसेको सञ्चालक समिति बैठकले हकप्रद निष्काशनको प्रारम्भिक निर्णय गरेको थियो। साधारण सभाबाट अनुमोदन भएपछि अन्तिम स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा प्रक्रिया अघि बढ्नेछ। सबै नियामकीय स्वीकृति पूरा भएपछि मात्र हकप्रद सेयर निष्काशन हुनेछ।
हकप्रद निष्काशनसँगै बैंकले अधिकृत पुँजी र चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव पनि सभामा लैजाने भएको छ। बैंकले जेठ ६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै