PRABHU BANK

राष्ट्रिय वाणिज्य बैंक र कमलामाई नगरपालिकाबीच सहकार्य, सहुलियतपूर्ण कर्जा प्रदान गर्ने

 Rastriya Banijya Bank
  • बैंकिङ संसार
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले कमलामाई नगरपालिकासँग सहकार्य गरेको छ । बैंकले सहुलियतपूर्ण कर्जा प्रदान गर्ने उद्देश्यले सिन्धुली जिल्लाको कमलामाई नगरपालिकासँग सहकार्य गरेको हो । राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरणकुमार श्रेष्ठ र कमलामाई नगरपालिकाका तर्फबाट प्रमुख खड्गबहादुर खत्रीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 
नगरपालिकाले नगर क्षेत्र भित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्नेछ । सोहीअनुसार उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्नेछ ।
यससम्बन्धमा बैंंकका सिइओ श्रेष्ठले बैंकको कुल कर्जाको एक प्रतिशत बराबर रकम सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने लक्ष्य लिएको र यस्तो कर्जाले देशलाई उत्पादनसँग जोड्न सघाउ पुर्याउने बताएका छन् । त्यसैगरी नगर प्रमुख खत्रीले नगरपालिकाले लिएको उत्पादन र रोजगारीसँग सम्बन्धित लक्ष्य प्राप्त गर्नको लागि यस्तो सहुलियतपूर्ण कर्जाबाट सहयोग पुग्ने बताएका छन्  । 
बैंकले राज्यले अबलम्बन गरेको नीतिलाई सहयोग पुग्ने गरी विभिन्न नौ वटा शीर्षकमा सहुलियतपूर्ण कर्जा प्रवाह गरिरहेको बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बताएका छन् । 
कृषि तथा सामाजिक बैंकिङ्ग विभागका प्रमुख राज्यलक्ष्मी खड्गीले कार्यक्रमको संचालन गरेकी थिइन् । सोही कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका वाग्मती प्रादेशिक कार्यालयकी प्रबन्धक सोनी श्रेष्ठ, कम्पनी सचिव भोलानाथ पौडेल, राजन घिमिरे, प्रकाश राई, नगरपालिकाका कर्मचारीहरु लगायतको उपस्थिती रहेको थियो । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै