काठमाडौँ। ग्लोबल आइएमई बैंकले आफ्ना विभिन्न शाखा कार्यालयहरू समायोजन तथा स्थानान्तरण गर्ने निर्णय गरेको छ। बैंकले काठमाडौँ महानगरपालिकाभित्र रहेका केही शाखाहरूलाई एकआपसमा गाभी सेवा सञ्चालनलाई थप प्रभावकारी बनाउने उद्देश्यले यस्तो निर्णय गरेको हो।
यससँगै सम्बन्धित शाखाका ग्राहकहरूले समायोजनपछि तोकिएको शाखाबाट सम्पूर्ण बैंकिङ सेवा लिन सक्नेछन्। बैंकले यसअघि नै दैनिक पत्रिकामार्फत सूचना प्रकाशित गरी ग्राहकलाई जानकारी गराइसकेको जनाएको छ।
काठमाडौँ र ललितपुर जिल्लामा रहेका शाखाहरू यसप्रकार समायोजन गरिनेछन्
- ज्ञानेश्वर र सानो गौचर शाखा – ज्ञानेश्वरमा समायोजन, सेवा सानो गौचरबाट सञ्चालन (करिब ५५० मिटर दूरी)
- नयाँबानेश्वर र शंखमूल शाखा – नयाँबानेश्वरमा समायोजन, सेवा शंखमूलबाट सञ्चालन (२०० मिटर)
- इन्द्रचोक र असन शाखा – इन्द्रचोकमा समायोजन, सेवा असनबाट सञ्चालन (७५० मिटर)
- बाफल कलंकी र कलंकी शाखा – बाफल कलंकीमा समायोजन, सेवा कलंकीबाट सञ्चालन (करिब १ कि.मि.)
- खुमलटार र सातदोबाटो शाखा – खुमलटारमा समायोजन, सेवा सातदोबाटोबाट सञ्चालन (८५० मिटर)
- धोबीघाट र एकान्तकुना शाखा – धोबीघाटमा समायोजन, सेवा एकान्तकुनाबाट सञ्चालन (१.७ कि.मि.)
- सुनधारा ललितपुर र भैंसीपाटी शाखा – सुनधारा ललितपुरमा समायोजन, सेवा भैंसीपाटीबाट सञ्चालन (३ कि.मि.)
- कुमारीपाटी र लगनखेल शाखा – कुमारीपाटीमा समायोजन, सेवा लगनखेलबाट सञ्चालन (६५० मिटर)
बैंकले शाखा समायोजनबाट सेवा गुणस्तर सुधार, सञ्चालन खर्च घटाउने र ग्राहकलाई अझ सहज तथा प्रभावकारी सेवा प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ।


