- बैंकिङ संसार
काठमाडौं । युनिक नेपाल लघुवित्तले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । लघुवित्तले २ करोड ७० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले २ लाख ७० हजार कित्ता आईपीओ बिक्री खुल्ला गर्ने भएको हो ।
सेयर युनिक नेपाल लघुवित्तको तर्फबाट कार्यकारी निर्देशक डा.गोपाल दहित र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले सेयर निष्कासन सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
हाल चुक्ता पूँजी ६ करोड ३० लाख रुपैयाँ रहेको लघुवित्तको आईपीओ निष्कासनपछि चुक्ता पूँजी ९ करोड रुपैयाँ पुग्नेछ । लघुवित्तको केन्द्रीय कार्यालय बाँकेको कोहलपुरमा रहेको छ । कम्पनीको आइपीओ बिक्रि प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।