PRABHU BANK

नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह

 Nepal Investment Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ । बैंकले पुर्नकर्जा कार्यविधिअनुसार सुविधा प्राप्त गर्न योग्य ऋणीहरुलाई आवेदन दिन आग्रह गरेको हो । ऋणीहरुले आवेदन दिनको लागि सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गर्नुपर्ने आग्रह पनि बैंकले गरेको छ । 
बैंकले एक सूचना जारी गर्दै नेपाल राष्ट्र बैंकको ‘नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि, २०७७’ मा भएको व्यवस्था बमोजिम पुनरकर्जा सुविधा प्राप्त गर्न योग्य ऋणीहरुलाई आवेदन दिन आग्रह गरेको हो । 
ग्राहकहरुले नजिकै रहेको बैंकको शाखाबाट आवश्यक कागजातहरुसहित आवेदन दिन सक्नेछन् । आवेदन भने ग्राहकहरुले असोज २ गतेसम्म मात्र दिन पाउनेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै