PRABHU BANK

सानिमा बैंकले गर्यो नयाँ व्याजदर सार्वजनिक, कुन खातामा कति पाईन्छ व्याज ?

 Sanima Bank
  • बैंकिङ संसार
काठमाडौं । सानिमा बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले ७ प्रकारको बचत खाताको व्याजदर सार्वजनिक गरेको हो । 
बैंकले एक सूचना जारी गर्दै विभिन्न खातामा असोज १ गते बिहीबारदेखि लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक गरेको बचत खातामा न्युनतम ३ प्रतिशत र ऋधिकतम ५ प्रतिशत व्याजदर कायम गरेको छ । 
यता बैंकले मुद्दति निक्षेपमा ३ महिनादेखि ६ महिनासम्मका लागि व्यक्तिगततर्फ ६.७५ प्रतिशत व्याजदर तोकेको छ भने ६ महनादेखि १५ महिनासम्मका लागि ७.२५ प्रतिशत व्याजदर तोकेको छ । 
त्यस्तै १५ महिना भन्दा माथिमा लागि व्यक्तिगततर्फ ७.७७ प्रतिशत व्याजदर प्रदान गर्ने भएको छ । बैंकले संस्थागततर्फ भने ३ महिनादेखि ५ महिनासम्मका लागि ६.५० प्रतिशत व्याजदर कायम गरेको छ । बैंकको आधार दर ८.०७ रहेको छ ।
यस्तो छ बैंकले सार्वजनिक गरेको नयाँ व्याजदरः

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै