ग्लोबल आईएमई बैंकको एटिएम तोडफोड गर्ने पक्राउ

काठमाडौँ। ग्लोबल आईएमई बैंकको एटिएम मेसिन तोडफोड गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुलीका सविन नेपाली रहेका हुन् ।

काठमाडौँको गोङ्गबु चोकमा रहेको ग्लोबल आईएमई बैंकको एटिएम मेसिन तोडफोड गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र अपराध अनुसन्धान कार्यालयको शाखा कार्यालय नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले उनलाई सामाखुशीबाट पक्राउ गरेको हो।

उनलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको प्रहरीले जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्