PRABHU BANK

समीट लघुवित्त र सजिलो लघुवित्तको एकीकृत कारोबार असोजदेखि सुरु हुने

Summit Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेड र सजिलो लघुवित्त वित्तीय संस्था लिमिटेडका एकीकृत कारोबार सुरु हुने भएको छ । यी दुई कम्पनीको एकीकृत कारोबार आश्विन ६ गते मंगलबारदेखि सुरु हुने भएको हो । दुवै लघुवित्तले असार २१ गते सम्पन्न विशेष साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।
यी दुई लघुवित्त वित्तीय संस्थालाई एकीकृत कारोबार गर्नको लागि नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम मर्जर प्रक्रिया सम्पन्न गर्न दुवै संस्थालाई भाद्र ७ गते अन्तिम स्वीकृती प्रदान गरेको थियो । कम्पनी रजिष्ट्रार कार्यालयले भने भाद्र २८ गते स्वीकृती प्रदान गरेको हो ।
समीट लघुवित्त र सजिलो लघुवित्त एकआपसमा विलय भएपछि समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु हुने संस्थाले जानकारी दिएको छ । केन्द्रीय कार्यालय भने गण्डकी प्रदेशको गोरखा नगरपालिका वडा नं.१३ मझुवा देउरालीमा रहने संस्थाले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै