DISH HOME

प्राइम बैंकले संस्थापक समूहको सेयर बिक्री खुल्ला गर्दै

Prime Bank
  • बैंकिङ संसार
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री खुल्ला गर्ने भएको छ । बैंकको भदौ ३० गते मंगलबार बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो । बैंकले एक सूचना प्रकाशन गर्दै बैंकमा कायम इच्छुक संस्थापक सेयरधनीहरुलाई संस्थापक सेयर खरिद गर्न सूचित गरेको छ ।
बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकका संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर निवेदन दिन आग्रह गरेको हो । 
सो समयभित्र कुनैपनि निवेदन नआएमा बैंक तथा वित्तीय संस्था ऐन, २०७३, को निर्देशन र अन्य प्रचलित कानून बमोजिम संस्थापक सेयरधनीहरुको दावी नभएको सम्झी बिक्रिका लागि प्राप्त उक्त सेयरहरु संस्थापक सेयर खरिद गरी लगानी गर्न चाहने अन्य नयाँ व्यक्तिहरु खोजि गरी बिक्रि गरिने बैंकले जनाएको छ ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै