prabhu

नबिल बैंकले ल्यायो ग्राहकको लागि नयाँ सुविधा, मोबाइलबाट नै तुरुन्त ऋण प्राप्त गर्न सकिने

Nabil Bank
  • बैंकिङ संसार 
काठमाडौं । नबिल बैंकले आफ्ना ग्राहकहरुका लागि नयाँ सुविधा ल्याएको छ । बैंकले नेपालमै पहिलो पटक फोनबाट ऋण लिने सक्ने सुविधा ल्याएको हो । अब नबिलको तलबी खाताबाहक ग्राहकहरुले आवश्यकता अनुसार १ लाख रुपैयाँसम्म ऋण मोबाइलबाट तुरुन्त प्राप्त गर्न सक्नेछन् ।
यस सेवामार्फत निवेदन दिएको केही मिनेटमै ग्राहकको ‘भर्चुअल क्रेडिट कार्ड’ मार्फत खातामा ऋण उपलब्ध गराउने व्यवस्था बैंकले गरेको छ । यो सुविधा लिन नबिलको स्मार्ट बैंक प्रयोगकर्ता हुनुपर्ने र यस प्रकारको ऋण छोटो अवधीका लागि उपलब्ध रहने बैंकले जनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिृकत अनिलकेशरी शाहका अनुसार बिना धितो, बिना कागजी प्रक्रिया, बिना बैंक शाखा भ्रमण तथा तुरुन्त ऋण प्राप्त गर्न सकिने जस्ता विशेषताले गर्दा यो अत्यन्तै लोकप्रिय हुनुका साथै ग्राहकको केन्द्र बन्छ । 
फोन लोनका विशेषताहरु
  • कन्ट्याक लेस डिजिटल ल्यान्डिङ एक्सपेरियन्स
  • ऋण लिन इच्छुक ग्राहकले बैंकको शाखा भ्रमण गर्नुका साथै कुनै कागजी प्रक्रिया बिना नै नबिल बैंकले आफ्नो स्माटबैंक एपको प्रयोग गरी ऋणका लागि निवेदन दिन सक्छन् । 
  • इन्स्ट्यान्ट लोन
  • बैंकले सम्पूर्ण प्रक्रिया पूरा गरी तुरुन्त ऋण प्रवाह गर्ने ।
  • बिना धितो ऋण पाइने.।
  • ग्राहकको बैंकिङ कारोबारसँग निहीत भएकाले कुनै अतिरिक्त धितो आवश्यक नपर्ने ।
  • सुक्ष्म ऋण
  • यस योजना अन्तर्गत एक लाखसम्म ऋणको सुविधा लिन सकिने ।
बैंकका प्रमुख कार्यकारी अधिृकत अनिल केशरी शाहका अनुसार बिना धितो, बिना कागजी प्रकृया, बिना बैंक शाखा भ्रमण तथा तुरुन्त ऋण प्राप्त गर्न सकिने जस्ता विशेषताले गर्दा यो अत्यन्तै लोकप्रिय हुने विश्वास बैंकले लिएको छ । बैंकले हालसम्म १ सय १९ वटा शाखा र १ सय ८४ वटा एटिएममार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै