PRABHU BANK

एनएमबी बैंकले सार्वजनिक गर्यो कर्पोरेट क्रेडिट कार्ड, खर्च व्यवस्थापन गर्न सकिने

NMB Bank
  • बैंकिङ संसार
काठमाडौं । एनएमबी बैंकले कर्पोरेट क्रेडिट कार्ड सार्वजनिक गरेको छ । बैकले एनएमबि बैंक भिजा कर्पोरेट क्रेडिट कार्ड सार्वजनिक गरेको हो । वित्तीय क्षेत्रमै पहिलो पटक कर्पोरेट क्रेडिट कार्ड सार्वजनिक गर्ने पहिलो बैंक एनएमबी बैंक बनेको छ ।
उक्त कार्ड मुख्यतया व्यवसायसँग सम्बन्धित खर्चहरु जस्तै व्यवसाय प्रवर्द्धन, तालिम, ग्राहक संलग्नता, मार्केटिंग र व्यवसायसँग सम्बन्धित अन्य खर्चहरुको व्यवस्थापन गर्न प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।
यस्तै एक भन्दा बढी क्रेडिट कार्डहरू एउटै संस्थाको व्यक्तिहरुको लागि फरक क्रेडिट सीमाका साथ जारी गर्न सकिने पनि बैंकले जनाएको छ । प्रत्येक संगठनको क्रेडिट सीमा उक्त संगठनको आवश्यकता अनुरुप निर्धारण गर्ने व्यवस्था गरिएको छ ।
एनएमबी बैंक भिसा कर्पोरेट क्रेडिट कार्ड वित्तीय बजारमा विशुद्ध नयाँ प्रस्तुति हुने विश्वास बैंकले लिएको छ । यस्तै आफ्ना ग्राहकहरूलाई कर्पोरेट र व्यवसायिक संगठनहरूमा व्यवसायसँग सम्बन्धित खर्चहरु अझ राम्रोसँग व्यवस्थापन गर्न सक्षम गर्नेछ ।
यसैगरी सेवाहरूमा मूल्य र मान्यता सहित ग्राहकको अनुभव अभिवृद्धि गर्नु मुख्य उद्देश्य रहेको र आफ्नो ब्रान्ड अनुभव सशक्त बनाउनका लागि अन्वेषण गर्ने क्रममा सदैव तत्पर रहेको पनि बैंकले भनेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै